ईश्वर पोखरेलको आशिर्वादमा एआईजीमा सिफारिस विश्वराज पोखरेलको पद धरापमा !

दियो पोस्ट  

काठमाडौं, २२ मंसिर । गृहमन्त्रालयको सिफारिसको आधारमा प्रहरि अतिरिक्त महानिरिक्षक एआइजीको फूलिको पर्खाइमा रहेका डिआइजी विश्वराज पोखरेलको पद धरापमा परेको छ ।


उनको बढुवा सिफारिस विरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
गत १५ मंसिरमा उनलाई गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एआइजीमा एकल बढुवाको विवादास्पद निर्णय गरेको थियो ।


उनीभन्दा सिनियर डिआइजीहरु हुँदा हुँदै उनका आफन्त नाता पार्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई एकल बढुवाकै लागि एआइजीको एकल दरबन्दी निर्धारण गरेका थिए ।

समितिले न्यायसंगत रुपमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालाई निर्देशन दिन सक्ने आंशका गरिएको छ ।

प्रतिष्र्धी डिआइजीलाई पन्छाएर एक वर्षअघि नै पोखरेललाई आईजिपी बनाउने नियतसहित गरिएको सिफारिस बदर हुने प्रवल संभावना रहेको एक समिति सदस्यले बताए ।

उनका अनुसार समितिले यो विषयमा छलफल राख्ने तयारीसमेत गरेको छ ।

विश्वराजलाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

सम्बन्धित खबर