खाने तेलको मुल्यमा केएल दुगर समुहको कालोबजारी : बिनाकारण प्रतिलिटर ३० रुपैयाँ बृद्धि !

दियो पोस्ट  

काठमाडौं, २४ मंसिर । कोरोना महामारीबीच उपभोक्ताहरु रोजगारी र आम्दानी दुवै गुमाउँदै छन् । यस्तो बेला सरकारले दैनिक उपभोग्य बस्तु निशुल्क दिनुपर्ने हो । तर, सरकार भने व्यापारीहरुले मनोमानि रुपमा उपभोक्ताको ढाड सेक्नेगरि मुल्य बढाईरहँदा पनि चुपचाप छ । महामारीलाई मौका बनाउँदै कालोबजारी गर्ने ठूला माफिया व्यापरीप्रति सरकार नरम मात्रै छैन, उनीहरुको गलत धन्दामाथि मौन देखिन्छ । पछिल्लो केहि दिनयता खानेतेलमा मनोमानी रुपमा मल्य बढाइएको पाइएको छ ।


उपभोक्ताले दैनिक उपभोग गर्ने खाने तेलको मुल्यमा रहस्यमी बृद्धि भएको पाइएको छ । एक साता यता खाने तेलको मुल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म बढाइएको पाइएको छ ।

थोक व्यापारीहरुका अनुसार एक कार्टोन खाने तेलको मुल्य एकसय देखि एकसय चालिस रुपैयाँसम्म बढाइएको छ ।


खुद्रा व्यापारीहरुका अनुसार केएल दुगर समुहले उत्पादन गरेको धारा हेल्थ सनफ्लावर तेलमा प्रतिलिटर ४० रुपैयाँ सम्म बढाइएको छ । अमृत सोयाबिन तेल र धारा तोरीको तेलमा पनि २० रुपैयाँसम्म बढाईएको छ । केही समयअघि प्रतिलिटर २०५ रुपैयाँ रहेको धारा हेल्थ सनफ्लावर तेलको मुल्य ३० रुपैयाँ बढाएर २३५ रुपैयाँ सम्म बनाइएको छ ।

सोयाबिन र तोरीको तेलको मुल्य पनि चर्को रुपमा बढाइएको छ ।


मोतिलाल दुगरको स्वामित्व रहेको के एल दुगर समुहले उत्पादन गरेको धारा, सनफ्लावर लगायत तेलको गुणस्तरियतामाथि समेत पटक पटक प्रश्न उठ्ने गरेको छ । खानेतेलमा उपभोक्तामाथि चरम ठगी गर्दै आएका दुगर सनराईज बैंकका समेत अध्यक्ष हुन् ।

सम्बन्धित खबर