काठमाडौं, २५ मंसिर । विवादास्पद डिआइजी विश्वराज पोखरेललाई मन्त्रिपरिषदले एआइजीमा बढुवा गरेको छ । ्पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा नगर्न राज्य व्यबस्था समितिले दिएको निर्देशन बिपरित सरकारले बढुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले संसदीय समितिको निर्देशन अवज्ञा गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकार र समितीबीच अब थप बिबाद बढ्ने देखिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।
पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले गरेको यो निर्णय कार्यान्वयन नगर्न राज्य व्यबस्था समितिले सरकारलाई निर्देशन दिएको थियो ।
पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।
तर समितिले प्रहरीको चेन अफ कमाण्डमा समस्या आउने भन्दै विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले एआईजीको दरबन्दी रोक्ने निर्णय गरेको थियो ।
समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई समेत उपस्थित गराएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
पोखरेललाई उनका आफन्त नातेदर उपप्रधानमन्त्री ईश्वर पोखरेल पोखरेलको दबाब र प्रभावमा परेर गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बुधबार मात्रै बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआइजी दरबन्दी यथावत राख्न निर्देशन दिएको थियो ।