सत्ता जोगाउन प्रधानमन्त्रीको दौडधुप : साँझ परेपछि राष्ट्रपतिलाई भेट्न शितल निवास प्रवेश !

दियो पोस्ट  

काठमाडौँ, ४ पुस । शनिबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप चलेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको तिब्र विवादकाबीच उनी यतिबेला राष्ट्रपति निवास शितल निवासमा प्रवेश गरेका छन् ।


राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न उनी शितल निवासमा प्रवेश गरेका हुन् ।

शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका प्रधानमन्त्री ओली त्यतैबाट पुल्चोकस्थित मन्त्रिक्वार्टर प्रवेश गरेका थिए । त्यहाँ उनले गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेका थिए । त्यसपछि उनी बालुवाटार फर्किएर केही बेर आराम गरेपछि केहीबेर अघि साँझ परेपछि शितल निवास प्रवेश गरेका हुन् ।
संवैधानिक परिषद कार्यविधि सम्बन्धी अध्यादेश ल्याएर पार्टी भित्रै चरम विवादित बनेका ओलीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खबर