केपी ओलीले संविधानमाथि ‘कु’ गरेको भन्दै विवेकशिल साझाद्वारा आन्दोलन घोषणा : ३ बजे प्रदर्शन !

दियो पोस्ट  

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्ने सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।


रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीले भने सडक आन्दोलनको घोषणा गरेको छ । आज दिउँसो ३ बजे नै बालुवाटारमा प्रधानमन्त्री ओली विरुद्ध सडक आन्दोलनको कार्यक्रम रहेको विवेकशिल साझाले जनाएको छ ।


‘प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो। यो संविधानमाथिको स्पष्ट ‘कू’ हो,’ विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन। संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ।’

सम्बन्धित खबर