प्रचण्डले भने, – ‘अनुशासनको कारबाहीका लागि केपी ओलीसँग स्पष्टिकरण माग गरिएको छ’

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ पुस । प्रतिनिधि सभा विघटन गरेर चौतर्फी आलोचना खेपिरहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिरण माग गर्ने निर्णय भएको पाइएको छ ।


नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्ति अनुसार ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टिकरण माग गर्ने निर्णय भएको हो ।


प्रचण्डले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश,पश्चमगामी एवम् स्वेच्छाचारी कदमको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतामा कुनै तात्विक असर नपार्ने समेत उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्त्तिm र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहान्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारको कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ,‘नेपाली जनताले ठूलो त्याग र बलिदनपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

सम्बन्धित खबर

सिफारिस