गृहमन्त्री बादल ओली समुहमा लागेपछि सल्लाहाकार सुर्य सवेदीद्वारा राजिनामा !

दियो पोस्ट  

काठमाडौं, ९ पुस । गृहमन्त्री राम बहादुर थापा बादलका राजनीतिक सल्लाहाकार सुर्य सुवेदीले पदबाट राजिनामा दिएका छन् । गृहमन्त्री थापा ओली समुहको केन्द्रीय समिति बैठकमा सहभागाी भएपछि उनले आजकै मितिबाट लागु हुनेगरि राजिनामा दिएका हुन् ।

गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओली समुहतिर लागेका बेला उनी भने विपरित ध्रुबमा लागेका छन् । ृउनी प्रचण्ड माधव नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
‘गृहमन्त्री आदरणीय क। राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु,’ उनले भने ।

यसअघि उनकी पत्नि ज्ञानु बस्नेत सुवेदी प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाको मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन् ।
विहिबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका पथिकले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको बताए ।

उनले सञ्चारकर्मीहरुसँग भनेका छन्,‘हामी केपी ओलीको सती जान सक्दैनौं । उहाँले मुलुकलाई भड्खालोमा हाल्नुभयो ।’
उनका अनुसार गृहमन्त्री के कुरामा फस्नु भएको छ भन्ने थाहा समेत भएको छैन । प्रचण्ड माधवले नेतृत्व गरेको नेकपामा ल्याउन पथिक लगायत नेताहरुले कासिस गर्दा पनि उनी ओली समुह तिरै लागेको पाइएको छ ।

‘धेरै सल्लाह गरियो तर आउन सक्नुभएन । उहाँ के कुरामा फस्नुभएको छ भन्ने बुझ्न सकेनौं,’ सुवेदीले भनेका छन्, ‘विचारका कारणले त उहाँ ओलीसँग जानुभएको होइन, अरू नै कारणले उहाँ बालुवाटार जानुभयो ।’

TATA ADD