काठमाडौं, ९ पुस । बहुमत केन्द्रीय सहस्यसहित बसिरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकले सरकार विरद्ध आन्दोलनको घोषणा गरेको छ । ओली नेतृत्वको सरकारले गैरकानुनी रुपमा संसद विघटन गरेको भन्दै प्रचण्ड र माधव नेपालको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको घोषणा गरेको हो ।
विहबार राजधानीको कार्की ब्यांकेटमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाटै सडक आन्दोलनमा उत्रने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आगामी पुस १४ गतेबाट देशव्यापी प्रदर्शनका कार्यक्रम हुनेछन् ।
बैठकमा नारायणकाजी श्रेष्ठले जनाए अनुसार नेपाल बन्दसम्मको कार्यक्रम घोषणा हुने छ । श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति घोषणा भएको छ ।
बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले बताए ।