मानसिंह विक
रोल्पा, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनमगरले विगतका संविधानमा संसद विघटनको व्यवस्था राख्दा देशमा अस्थिरता हुने भएकोले त्यसलाई २०७२ सालको संविधानमा नराखेको बताएका छन् । संविधानमै व्यवस्था नभएको अवस्थामा संसद विघटन गर्ने ओली ओलीको कदमले संविधानलाई लत्याएको भन्दै ओलीमाथि प्रतिगमनकारीको आरोप लगाए ।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति विद्योदवि भण्डारीले संविधानको उलंघन गरेको समेत आरोप लगाए ।
“यस विषयमा कुनै पनि राय परामर्श नै नगरी प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई नै बैधता दिएको, र काम चलाउ सरकार भनि कही कतै पनि उल्लेख नगरेकोले राष्ट्रपति नै संविधानको उलंघन गरका छन् । यो कदम सच्चिएन भने राष्ट्रपति नै देशको अभिभावक बन्न सकेन्न्,” उनले भने ।
३१५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी निर्वाचन आयोगमा नै निवेदन दिएको उल्लेख गर्दै प्रचण्ड र माधव नेपालको नेतृत्वमा नै रहेको पार्टी संस्थापन हुने विश्वास उनको छ । उनले निर्वाचन आयोगले केन्द्रीय साविकको केन्द्रीय सदस्यको संख्यालाई आधार मानेर नै फैसला गर्ने बताए ।
केपी शर्मा ओलीले प्रदेश सभा संसद पनि विघटन गर्ने धम्की दिएपनि त्यति सजिलै प्रदेश सभामा भंग गर्ने अधिकार नभएको उनले बताए । साथै उनले संकटकाल लगाएपनि त्यसको विरुद्धमा संघर्ष गर्ने बताए ।
केपी शर्मा ओलीको सरकार हाल काम चलाउ मात्रै भएको बताउँदै काम चलाउ सरकार ४ महिनापछि आफ्नो नेतृत्वको चुनाव गर्न नसक्ने बताउँदै झन देश अस्थिरतातिर जाने खतरा रहेको बताए ।
उनले पार्टी दुईवटा भई सकेपनि फेरी केपी शर्मा ओलीले प्रतिगमनकारी कदम सच्चाएमा भने पार्टी एकतालाई पनि नकार्न नसकिने कुरा समेत बताए