प्रकाशमान र शेखर तयार भए रामचन्द्रलाई समर्थन गर्छु- निधि

diyopost.com
दियो पोस्ट  शुक्रबार, मंसिर २४, २०७८ | १५:४४:४३

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफ्नो पनि समर्थन रहने बताएका छन् । अन्यथा, सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।  चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या ‘कोइराला र सिंहले मात्र छोड्ने हो’ भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् । रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए ।

उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे ।

सम्बन्धित खबर