भारत लैजाँदै गरेको अवस्थामा ७० किलो गाँजा बरामद

diyopost.com
दियो पोस्ट  शनिबार, पौष १०, २०७८ | १६:१८:२९

काठमाडौँ । सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।
यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ ।
सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।

 

सम्बन्धित खबर