ज्वालामुखि गाउँपालिकामा भ्रष्टाचार : ४१ मिनेटको भिडियो ‘रिपोर्ट’ नाममा १७ लाख रुपैयाँ झ्वाम !

diyopost.com
दियो पोस्ट  मंगलबार, पौष १३, २०७८ | १८:३१:२८

धादिङ । सामान्य त एउटा भिडियो रिपोर्ट बनाउन कति रुपैयाँ लाग्छ ? १/२ लाख वा ५ लाख रुपैयाँ ! एक घण्टाको खोजमुलक रिपोर्ट बनाउन पनि केही लाख रुपैयाँ लाग्नु स्वभाविक हो । तर, धादिङको ज्वालामुखि गाउँपालिकाले गाउँपालिकाको ४१ मिनेटको भिडियो रिपोर्ट ‘बृतचित्र’ बनाउन १७ लाख रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाले बृत्त चित्र निर्माणमा भ्रष्टाचार गरेको भन्दै महालेखा परिक्षकको वार्षिक प्रतिवेदनले नै ठहर गरेको छ ।

महालेखाले ज्वालामुखि गाउँपालिकाले भिलेज प्रोफाइल निर्माणका लागि खर्चिएको १७ लाख ४५ हजार ८ सय ५० रुपैयाँ बेरुजु निकालेको छ ।

 

बृत्त चित्रको परिकल्पना गाउँपालिका अध्यक्ष विनोदराज तिमिल्सेना र गाउँपालिका उपाध्यक्ष जानुका सिंखडाले गरेको उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साले परिकल्पना तथा निर्देशन गरेको ४१ मिनेट २६ सेकेण्डको उक्त भिडियो निर्माणका लागि यतिका रकम खर्चिएको हो ।

 

विजनेश म्यानेजमेन्ट सर्भिसेस प्रा.ली नागार्जुनले निर्माण गरेको भनिएको उक्त बृत चित्रमा कतिपय विषय वस्तु चोरीको समेत आरोप छ ।

गाउँपालिका अध्यक्ष तिमल्सेना र उपाध्यक्ष जानुका सिंखडाको मिलेमतोमा गाउँपालिकामा चरम भ्रष्टाचार हुँदै आएको स्थानियबासीको आरोप छ । पालिका अध्यक्ष तिमल्सेनाले वडा नम्बर ४ स्थित बराहाकालिका स्कुल नजिकै ठूलो महल नै बनाएको आरोप स्थानियबासीको छ ।

सम्बन्धित खबर