कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार

दियो पोस्ट  

बागलुङ । बागलुङको निसिखोला गाउँपालिका–६ रुवाङमा पतिले कुटपिट गर्दा पत्नीको मृत्यु भएको छ ।

शनिवार दिउँसो ३३ वर्षीय धनबहादुर घर्तीको कुटपिटबाट उनकी पत्नी ३० वर्षीया मिना घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

हत्यामा संलग्न धन बहादुर घर्ती फरार छन् । आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।