
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विभिन्न समयमा लगाइएका सबै निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार (मंसिर ३ गते) एन्फामाथि लगाइएका निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
गत अप्रिल ५, २०२६ को पत्र संख्या १०२८ मार्फत एन्फाले पेस गरेको अनुरोधलाई समेत ध्यानमा राख्दै राखेपको कार्यकारी समितिले नोभेम्बर १९, २०२६ (मंसिर ३ गते) को निर्णयबमोजिम निलम्बन फुकुवा गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।
राखेपको निर्णयअनुसार पत्र जारी भएको मितिदेखि लागू हुने गरी प्रशासनिक तथा आर्थिक प्रतिबन्धहरूसहित संघमाथि लगाइएका सबै निलम्बन र प्रतिबन्धहरू फुकुवा भएका छन् । उक्त निर्णय राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम गरिएको जनाइएको छ ।
