
काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंसिर महिना सुरु भएसँगै सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । कात्तिक ३० गते प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर १ गते १ हजार ९०० रुपैयाँले घटेको थियो ।
त्यस्तै, मंसिर २ गते सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घटेको थियो । आज बिहीबार पनि सुनको मूल्यमा ३ हजार ३०० रुपैयाँको गिरावट आएको हो ।