मकवानपुरमा सुमो दुर्घटना, १० जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहीबार बिहान ८ः५५ बजे नम्बर नखुलेको सुमो गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीयवासी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं.१४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस