
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज भइरहेको दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० क्रिकेट मैदानमा भइरहेको यो ‘गर या मर’ को खेलमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् ।
फाइनल प्रवेशका लागि दुवै टोली आज जित निकाल्ने रणनीतिसहित मैदानमा उत्रिएका छन् । यस खेलको विजेता टोलीले उपाधि भिडन्तका लागि आगामी शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबारका लागि तय गरिएको छ । फाइनल प्रवेशको लक्ष्यसहित दुवै टोली आज जित निकाल्ने रणनीतिसहित मैदानमा उत्रनेछन् ।