काठमाडौं । कतार पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका–१६ बस्ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्ध नगर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।
भण्डारीले पीडितहरुसँग पटकपटक गरी १ लाख ७२ हजार रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।