कञ्चनपर । गत मंसिर २८ गते निकीता साही (नाम परिर्वतन) महेन्द्र नगरमा रहेका बुवालाई भेट्न भनि साँझ ८ः३० बजे घरबाट निस्किइन् । नजिकैको पाटन बजारस्थित बस स्टेशनमा बस कुर्न थालिन् । भण्डै ढेड घण्टा कुरेपछि १० बजे दार्चुलाबाट धनगढी जाने बस आइपुग्यो, निकीता सोही बसमा चडेर अत्तिरियातर्फ लागिन् । उनी अत्तिरिया पुग्दा बिहानको ३ बजेको थियो । अत्तरियाको बसपार्कमा ओलिएर उनि महेन्द्रजगरको गाडी कुर्न थालिन् । बसको पर्खाइमा रहेकी निकिताको अगाडी ४–५ जना यात्रु सवार मिनीबस रोकियो र सोही गाडीका चालले सोध्यो,‘महेन्द्रनगर जाने हो?’ । लामोसमय गाडीको पर्खाइमा रहेकी उनले हतारमा हो भन्दै गाडीमा चढिन् ।
गाडीमा सवार यात्रुहरु सबै पुरुष थिए, ति पुरुषहरुले उनिमाथि गलत नियतले सो गाडीमा चढाएको उनले महशुस गरिन् । असहज भावमा सोच्दासोच्दै एक पुरुषले उनलाई जिस्क्याउँदै उनलाई अंगालो हाल्ने कोसिस गरे, प्रतिकारमा निकिताले सो पुरुषको हात टोकिदिइन् । निकितामाथि कुदृष्टि लगाउने एक जना मात्रै थिएनन्, गाडीमा सवार सबै पुरुषहरु उनिमाथि हावि हुँदै थिए । एक पुरुषको हात टोक्न भ्याउँदा नभ्याउँदै अर्का व्यक्तिले उनको स्तनमा हात पुर्यायो । निकिताले पुनः प्रतिकार गर्दै सो व्यक्तिको गालामा झापड हाने, त्यतिकैमा पछाडीबाट एक पुरुषले उनको मुखमा रुमालले छोपे, त्यसपछि उनि अचेत भइन् ।
अचेत भएकी उनलाई कसले के गर्यो ? र कता लग्यो भन्ने केही पनि थाहाँ भएन । बिहान करिब ५ बजेतिर उनको होस खुल्यो, जब उनि होसमा आईन् उनि एउटा बन्द कोठा भित्र असह्य पिडाले छट्पटाई रहेकी थिइन्, एक अपरिचित व्यक्तिले आफ्नो उत्तेजित लिङ्ग निकिताको कानमा घुसार्दै विर्य स्खलन गरिरहेका थिए । उक्त कोठा निकितालाई गाडीभित्र पछाडिबाट रुमालले छोप्ने शंकर सिंह बोहोराको पसल पछाडिको थियो । “शंकर सिंह बोहरा समेतका अन्य चारजना अपरिचित व्यक्तिहरुले मलाई करणी गर्दै एकजनाले मुलद्वारभित्र, एकले योनी भित्र, एकले मुखमा र एकले कानमा लिङग घुसार्दै पालैपालो सामुहिक बलात्कार गरेका थिए ।” निकिताले भनिन्, “ उनिहरुले मलाई समुहिक रुपमा बलात्कार मात्रै गरेनन्, बलात्कार पछि अप्राकृतिक मैथुन पनि गरे, उनिहरुको क्ररता त्यतीमा मात्रै रोकिएन, बलात्कारपछि शंकर सिंह बोहराले यसलाई मारेर फाली दिनु पर्छ भन्दै मेरो योनीमा रड र अर्को अपरिचत एकजनाले मेरो मुलद्वारमा काटा चम्चा घुसार्दा मैले पिडा सहन सकिन ।”
योनीमा रड र मलद्वारमा चम्चा घुसारेपछि उनको चिच्याहाट कोठा बाहिर गुञ्जियो । उक्त गुञ्जायस सुने चन्द्र देब जोशीले । चन्द्रदेव जोशी विहान मर्निङ वाक जाने क्रममा निकिताको चित्कार सुनिन् । के भएको हो भन्ने शंकामा जोशीले नजिकैका छिमेकीलाई बोलाएर ल्याए र बन्द रहेको पसलको सटर ढकढक्याउन थाले, लामो समयसम्म ढकढक्याउँदा पनि ढोका नखुलेपछि । जोशी र उनीसँगै भएका व्यक्तिले जोडजोडले ढोकामा हान्न थाले । ढोकामा हान्नथालेपछि केही बेरमै शंकर सिंह बोहोराले ढोका खोले । “केही व्यक्तिहरुले बन्द सटरमा झकझकाउदा शंकर सिंह बोहरा समेतका व्यक्तिहरुले मलाई छोडी ४ जना अपरिचित व्यक्तिहरु सटर खोली भागेका थिए भने प्रतिबादी शंकर सिंह बोहरा आफ्नै पसल भित्र नै थियो” निकीताले बयानमा भनेकी छन्, “तत्कालै बाहिरबाट आएका चन्द्र देव जोशी समेतका व्यक्तिहरुले मलाई सो ठाउँबाट उद्वार गरेका हुन्” । उनको उद्धार गरेका जोशीले पनि यो कुरा स्वीकार गरेका छन् ।,“गत मंसिर २९ गते बिहान अन्दाजी ५ः३० बजे म मर्निङ वाकका लागि बोहराले संचालन गरेको नास्ता पसलको बाटो हुँदै जाँदा बोहराले संचालन गरेको सोल्टी नास्ता पसलको सटर बन्द रहेको पसल हो हल्ला भईरहेको, महिला समेत रोईकराई गरेको अवाज सुने,” उनले भने, “बोहराले भित्रबाट नास्ता पसलको सटरको ढोका खोलेका थिए । ढोका खोल्न साथ अपरिचित मानसिहरु हतार हतारमा पसल भित्रबाट निस्की भागेका थिए । तर उनीहरुलाई हामीले चिन्न सकेनौं । बोहरा रक्सी सेवन गरेको अवस्थामा काउण्टरको कुर्सीमा बसी बरबराई रहेको थियो भने जाहेरवाली काउण्टर नजिकै उभिएर रोईकराई रहेकी थिईन ।” त्यसपछि जोशीले आफ्नो मोवाइल दिएर तत्काल नै निकीतालाई १०० मा फोन गरी आफूमाथि भएको घटनाकोबारेमा जानकारी गराउन भने र गत पुष १८ गते प्रहरीको रोहवरमा पुष १८ गते कंचनपुर जिल्ला अदालत, कंचनपुरमा जवरजस्ती करणी र अप्राकृतिक मैथुनको मुद्दा दर्ता भयो । आरोपी बोहोराले भने उक्त मुद्धामा आफु निर्दोश रहेको र आफुले कसैलाई पनि बलात्कार नगरेको बताउदै आएका छन् ।
४ अभियुक्त अझै फरार
निकितामाथि बलात्कार गर्ने ५ जाना थिए । तर प्रहरीले १ जनालाई मात्रै पक्राउ गरेको छ भने अन्य ४ जना अभियुक्त अझै फरार छन् । तर अन्य चार जनालाई पक्राउ गर्न प्रहरीले कुनै चासो दिएको छैन । प्रहरीले सामुहिक बलात्कारको मुद्धामा एक जनालाई मात्रै पक्राउ गरेको छ र सामूहिक बलात्कारकै मुद्धा चलाएको छ । प्रहरीले अन्य व्यक्तिहरुलाई समेत पक्राउ गर्नलाई अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) चक्र शाहका अनुसार अन्य ४ जनाको खोजी कार्य जारी छ । “हामीले आरोपीलाई पक्राउ गरिसकेका छौं । बाँकी आरोपीहरुको परिचय समेत पीडितलाई थाहा नभएकाले हामीले पक्राउ गर्न सकेनौ, ” दियोपोस्टसँगको संवादमा डिएसपी शाहाले भने, ‘यो मुद्दा अनुसन्धानमै छ ।” पीडितले नै जाहेरी दिन नमानेको र संस्थामार्फत आफूहरुले जाहेरी दर्ता गरेको शाहको दाबी छ ।
प्रमाणित भए के हुन्छ सजाय ?
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ उपदफा (३) अनुसार अठार वर्ष भन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म जेल सजाय र तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था कानुनमा उल्लेख छ ।
अप्राकृतिक मौथुन गर्न नहुने दफा, २२६ अनुसार मन्जुरीबिना यस्तो कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था गरिएको छ ।