काठमाडौं । ‘सबैका लागि सधैको लागि सुरक्षा…’ यो नारा एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको हो । जसले विमा सम्बन्धी काम गर्दछ । मानविय सुरक्षाको आश्वासन देखाएर जीवनको सुरक्षाको ठेक्का लिने यो इन्स्योरेन्स कम्पनीले आफ्नै कर्मचारीहरुमाथि ज्यादती गरेको पाईएको छ ।
‘बुढेसकालको सहारा हामी भन्दै चिल्ला कुरा गरेर विमितबाट लाखौं रुपैया असुल्ने एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नै कर्मचारीलाई मानसिक पीडा दिएर जबरजस्ती जागिर छोड्न बाध्य पारेको पाईएको छ । एसियन लाइफ एन्स्योरेन्सको खोटाङ उपशाखामा कार्यरत किरणजीत राईलाई दबाव दिएर जागिर जोड्न बाध्य पारीएको पाईएको हो ।
स्थायी कर्मचारी करणजीतलाई यसै निकाल्न नमिलेपछि नियोजित रुपमा केन्द्रिय कार्यालय काठमाडौंबाट दबाव सिर्जन गरी राजीनामा गर्न बाध्य पारीएको हो। खोटाङको लामिडाडा घर भएका उनलाई जागिर खाने भए सुर्खेतमा गएर काम गर्न हेड अफिसबाट उर्दि जारी भएको थियो। मानसिक रुपमा दबाब दिएर निकाल्ने ढंगले रचिएको यो विषयमा जानकार भएका उनले कुण्ठा पोख्नु भन्दा बरु राजीनामा गर्छु भनेर गएको मंसिर २५ गते राजीनामा दिएका हुन् । उनको राजीनामा २४ घण्टा नवित्दै मसिर २६ गते स्विकृत भएको थियो । बाध्यता बस जागिर बाट हात धोएका उनले तलव र सेवा सुविधा भने अहिलेसम्म पाएका छैन्न् ।
खोटाङमा उपशाखा स्थापना भएदेखि काम शुरु गरेका राईलाई यति बेला जागिर छोड्न मात्रै बाध्य पारिएको छैन । उनले पाउनु पर्ने सेवा सुविधा र दुई महिनाको तलव समेत रोक्का गरिएको छ ।
बीमालाई जोखिम व्यवस्थापनको एक महत्व पूर्ण औजारका रुपमा लिइन्छ, तर आफ्नै कर्मचारी यति बेला जोखिममा परे भन्दै हारगुहार गरीरहेका छन् । खोटाङमा विगत ६ वर्ष अघि उपशाखा हुँदा १४ हजारबाट एसियन लाईफमा जागिरे जीवन सुरु गरेका करणजीतको तबल अहिले ४७ हजार ५ रुपैया छ । उनले त्यो क्षेत्रमा झण्डै १२ सय विमित पुर्र्याएकाछन् । वार्षिक रुपमा १२ देखि १५ करोडको हाराहारीमा कारोबार भएको छ । तर एसियन लाईफले आफुलाई यतिबेला उँखु जस्तै चुसेर रस सकिएपछि सडकमा फालेको किरणजित बताउछन् ।
करणजीतले आफुले पाउनु पर्ने दुई महिनाको तलब, उपदान, विदा सुविधा लगायत गरी झण्डै ३ लाख ७८ हजार पाउनु पर्ने दाबी गरेका छन् । एसियन लाइफले यति बेला बढि तलब दिनु पर्ने स्थायी कर्मचारीलाई अनेकन बाहाना बनाएर जागिरबाट निकाल्दैछ । शाखा उपशाखा प्रमुखहरुलाई एकै पटक करौडौको तार्गेट दिने अनि दिएको तार्गेट पुरा भएन भन्दै मानसिक दवाब दिएर जागिर जोड्न बाध्य पार्ने गरेको छ ।
करणजीत मात्रै हैन उनि जस्ता अन्य कर्मचारीहरुमाथि समेत एसियन लाइफ इन्स्योरेन्सले यही व्यबहार गरेको नजिकबाट बुझ्नेहरु बताउँछन् । किरणजित राईको विषयमा बुझ्नका लागि दियोपोस्टकर्मीले एशियन लाइफ इन्स्योरेन्सका डिप्युटी सिईओ दिनेशलाल श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा उनि सम्पर्कमा आएनन् ।