“नयाँ दल र सांसदहरुमा केही गरौं भन्ने हुटहुटी छ”

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।

‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ । यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ’ उनले भने ।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए । ‘म आशावादी छु । यो प्रतिनिधसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौं’ उनले भने ।