प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

दियो पोस्ट  

काठमाडौं । अन्ततः नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बिहान बसेको पदाधिकारी बैठक र लगत्तै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले त्यस्तो निर्णय गरेको हो ।

सभापति समेत रहेका शेरवहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव बैठकमा राखेका थिए । बैठकले देउवाको प्रस्तावलाई अनुमोदन गरेपछि अब कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने भएको हो ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

कांग्रेस, एकीकृत समाजवादी, लोसपा सम्मले प्रचण्डलाई विश्वासको मत दिने भएपछि प्रधानमन्त्री प्रचण्ड करिव सर्वसम्मत प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि केही समयपछि अब संसदको बैठक बस्नेछ ।