काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । तर यो निर्णयमा असहमति जनाउँदैं कांग्रेसका महामन्त्रीद्दयसहित ४ नेताले लिखित असहमति दर्ता गराएका छन् । सभापति शेरवहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव बैठकमा राखेका थिए ।
बिहान आफ्नै निवास धुम्बराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले विश्वासको मत दिने प्रस्ताव गरेका थिए । त्यहाँ पनि महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाले असहमति जनाएका थिए । त्यसपछि उनीहरुले निर्णय कार्यसम्पादन समिति बैकठमा लगेर मात्र गराउन सभापतिसँग माग गरेका थिए ।
त्यसपछि देउवाले कांग्रेसको कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । कार्य सम्पादन समितिको बैठकमा पनि देउवाले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने प्रस्ताव गरेका थिए ।
त्यसमा पनि महामन्त्रीद्दय शर्मा र थापाले असहमति जनाए । महामन्त्रीद्दयको धारणामा कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र बलवहादुर केसीले पनि अहसहमति जनाए । त्यसपछि ४ नेतालाई निर्णयमा लिखित असहमति राख्ने दिने गरी कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।