काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ । विमानमा ३५ पुरुष र २७ महिला सवार थिए ।
यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको पोखराका लागि उडेको थियो ।
उक्त जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । यतीको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको हो ।