पोखरा विमान दुर्घटना : ४० जनाको शव निकालियो, २ जनाको जीवितै उद्धार

दियो पोस्ट  

काठमाडौं । पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यति एअरलाइन्सको विमानमा सवार ४० जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको छ । तर उनीहरूको अवस्था गम्भीर भएको बुझिएको छ ।

‘विमान दुर्घटना हुँदा डिलमाथि उछिट्टिएका दुई जनालाई जीवित फेला पारिएको छ,’ढकालले भने । ‘सेती खोँचमा विमानबाट अरू मानिस पनि खसेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्,’ उनले भने ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । विमान बिहान १०ः५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ ।