
?????????????
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबारका सबै उडान रद्द गरेको छ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतलीन र उद्दार उडानबाहेक नियमित उडान रद्द गरेको उल्लेख गरेको छ।
यतीको ९ एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक दलका ४ सदस्य सहित ७२ जनाको मृत्यु भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान सेती खोंचमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेकाहरुमध्ये ६९ जनाको शव निकालिएको छ।