काठमाडौं । आइतबार भएको विमान दुर्घटनामा परि पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ । उनि प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन शुक्रबार काठमाडौं आएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो ।
प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए ।
‘आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवतः माघे संक्रान्ति परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ,’ पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने।