काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन् । बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् ।
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ ।’
एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्। ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा ।समेत छलफल भएको जनाइएको छ ।
यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ ।