शपथपछि शिक्षामन्त्रीले गरे पदभार ग्रहण

दियो पोस्ट  

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहण लगत्तै मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यलगायतका कर्मचारीले स्वागत गरे ।

सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका खनालपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी लिएर काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।