ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व हो : प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वको शुभकामना दिएका छन् । उनले देश विदेशमा रहेका सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ,’ उनले भने, ‘यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।’

उनले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको बताउँदै ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताए ।

अध्यक्ष प्रचण्डले ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताए । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताए ।