काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्। यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्।
भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए।
उनीहरूबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो।