काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ । उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो । उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् ।
बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् । बलका पति, तीन छोरी र एउटा छोरा छन्।