धादिङ त्रिपुरासुन्दरी-६ को वडाअध्यक्षमाथि शिक्षकद्वारा हातपात (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष हरि बि.क माथि हातपात भएको छ । प्रदेश सरकारबाट बिनियोजित रकमको समिती गठनका क्रममा विवाद भएपछि सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले वडाअध्यक्षमाथि हातपात गरेको हो ।

समितीमा आफु अनुकुल मान्छे नराखिएको भन्दै गठित समितीको माइनुट च्यातेर उनले वडाअध्यक्षमाथि हातपात गरेको स्थानियले जानकारी दिए । हातपात मात्रै नभई शिक्षक अधिकारीले अपशब्द समेत प्रयोग गरेको वडाअध्यक्ष वि.कले बताए ।

‘पिपलडाडा मा सिकटार बिर्ता सुनपोखरी सडक त्रिपुरासुन्दरी ५ र ६ को नाममा प्रदेश सरकारबाट बिनियोजित रकम रु ५० लाखको समिती गठन गर्ने क्रममा बिवाद सिर्जना गरि सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले माइनुट च्यात्नु भो,’अध्यक्ष वि.कले भने, ‘म माथी हातपात गरि उहाँले अपसब्द समेत प्रयोग गर्नुभयो ।’

हेर्नुहाेस् भिडियाे…