काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।
भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो । ‘उजुरीका आधारमा हामीले पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएका हौं,’ स्रोतले भन्यो ‘उहाँ नवौं तहको कर्मचारी हुनुहुन्छ।’