उपसभामुख इन्दिरा रानाले लिइन् शपथ

दियो पोस्ट  

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराएका हुन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर शनिबार उसभामुखमा निर्वाचित भएकी थिइन् ।