काठमाडौंमा नक्कली मदिराको अवैध कारोबार, तीन युवक पक्राउ

दियो पोस्ट  

काठमाडौं । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा उत्पादन र कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखा जिल्लाकोको कालीञ्चोकका २७ वर्षीय निरज पौडेल, स्याङ्जा गोल्याङका २६ वर्षीय धर्मी गौडेल र सिन्धुपाल्चोक तिनपाटनका २६ वर्षीय गणेश बहादुर रानामगरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ ।

उनीहरुले काराखानामा विदेशीसहित नेपाली मदिराको ब्राण्डसमेत नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।