काठमाडौं । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलासा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी पौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ ।