माओवादीको पदाधिकारी बैठक जारी, गृह मन्त्रालयबारे छलफल

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागी छन् ।
बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ ।