काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको छ । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी परेको हो । सिन्धुलीका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध मंगलबार जाहेरी दिएका हुन् ।
यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए । अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो ।
सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ ।