दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

दियो पोस्ट  

काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपिलका–७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया टिका कुमारी वलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले दिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइसमेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट युवतीहरू लगेर वेश्यावृत्तिमा लगाएको आरोप छ। वेश्यावृत्तिको धन्दा चलाउन उनीहरूले अपार्टमेन्ट भाडामा लिएका थिए।

उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।