काठमाडौं । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्याल रहेका छन् ।
वडाध्यक्ष राजु कुँवरका अनुसार अर्यालको २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।