काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को सब भेरियन्ट जे.एन १ को संक्रमण अन्यदेशहरुमा बढेकोहुँदा नेपालमा पनि सतर्क रहन आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ छिमेरी देशमापनि जे.एन.१ को संक्रमण बढिरहेकाले सतर्क रहन भनिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताएका छन् । ओमिक्रोनको नयाँ सब भेरियन्ट जे.एन. १ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन । तर छिमेकी मुलुकमा भने पुष्टि भएको मन्त्रालयले बताएको छ ।
कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनगर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरु मार्फत आवश्यक स्क्रीनिंग र निगरानी भईरहेको र आवश्यक तयारीकालागि पनि हामी तयार रहेको बताईएको छ ।
मन्त्रालयले भनेको छ, भिडभाड हुने मेला, भोज, पाटीजस्ता स्थानमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।