ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

दियो पोस्ट  

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई सबैभन्दा मनपर्ने खेल छोड्ने दिन धेरै टाढा नरहेको बताउँदै आएकी ज्योतीले अन्ततः राष्ट्रिय टिमबाट सन्यास लिएकी छन् ।

प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् ।

अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् । विराटनगरमा क्रिकेट पृष्ठभूमिमा हुर्किएकी ज्योतीको सोचले समग्र नेपाली महिला क्रिकेटरको प्रतिनिधित्व गरेको थियो ।