प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

दियो पोस्ट  

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसारगजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको आचार्यले बताए ।

राजीनामाको कारणबारे गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउने गरेका छन् ।