म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरी वृद्धाको हत्या भएको छ।
वृद्धालाई जोगाउन गएका घाइते भएका छन्।
मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजामाथि छपनी प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्।
हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको छ । यद्यपी एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लइएको छ ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।
घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए।