
काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य चौकीको स्तरोन्नतिको विषयलाई लिएर प्रदर्शन गर्दै आइरहेको पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ।
आइतबार दिउँसो प्रदेशका मन्त्रीसमेतको उपस्थितमा भएको छलफलबीच प्रदर्शनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
प्रदर्शनकै क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको घटनामा छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिलाई सहयोग गर्नेदेखि अस्पताल प्रदेशलाई जिम्मा दिने र मृतकको नाम राख्नेसम्मका सहमति भएको प्रजिअ धमलाले जानकारी दिए।
त्यस्तै मृतक साहका परिवारको एक जनालाई नगरपालिकाले रोजगार दिने र स्थानीय स्तरमा पूरा नहुने मागको सम्बोधनका लागि केन्द्रमा सिफारिस गर्ने सहमति गरेपछि शव उठाएर पोस्टमर्टम गर्न परिवार र प्रदर्शनकारी सहमत भएको धमलाले जानकारी दिए।
यस्तो छ सहमति पत्र
