पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक (तस्बिरहरु)

दियो पोस्ट  

कुनै बेला बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर ‘लिटिल बुद्ध’ का नामले चिनिएका रामबहादुर बमजन अहिले पक्राउ परेका छन्। चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई अन्ततः बुढानिलकण्ठ, हात्तीगौंडास्थित एक घरबाट पक्राउ गरेको हो।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे।