काठमाडौं । नेपाल आयल निगमका ईआरपी परियाेजना प्रमुख राजन नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका छन् । तर, उनै नेपाल पुरस्कृत भएकै दिन यता निगमको ईमेल भने ह्याक भएको खबर प्राप्त भएको छ । नेपाल निगमको व्यवस्थापनले उनले उत्कृष्ठ कार्य गरेको भन्दै पुरस्कार दिएको थियो ।
‘जुन दिन उहाँले पुरस्कार पाउनु भयो त्यही दिन ईमेल ह्याक भई डाटा चोरी भएको छ । यो कस्तो संयोग जुर्न गयो,’ स्रोतले भन्यो,‘उहाँमाथि ईआरपी जडानका क्रममा करोडौं रुपैयाँ अनियमितताको आरोप छ ।’
ती कर्मचारीका अनुसार आयल निगमको इआरपी ठेक्कामा लागत अनुमान बढाएर भ्रष्टाचार गरेको आरोप नेपालमाथि छ । उनले निगमकै भ्रष्टाचारको रकम समेत लगाएर भैरहवामा तारे होटलमा लगानी गरेको आरोप निगमकै कर्मचारी लगाउँछन् । तर, ती कर्मचारीले पुष्टि हुने प्रमाण भने दिन सकेका छैनन् ।