साइबर ब्युरोले माग्यो फेसबुकसँग गौशाला २६ को पहिचान खुलाउन खोज्नेहरूको विवरण

खुमा वली  

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकको कम्पनी मेटासँग बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै पहिचान खुलाउन खोज्नेहरूको विवरण माग गरेको छ।

बलात्कार पीडितको पहिचान खुलाउन कोसिस गरेको भन्दै ब्युरोमा परेको जाहेरीमाथि ब्युरोले अनुसन्धान अघि बढाउनेक्रममा पीडितको पहिचान खुलाउन कोसिस गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका विवरणहरू मेटासँग माग गरेको हो।

कसले कुन ठाउँमा बसेर यस्तो काम गरिरहेका छन् भन्नेबारे बुझ्न प्रहरीले फेसबुकसँग विवरण मागेको ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।

प्रहरीले फेसबुकसँग सम्पर्क गरी विवरण मागेपछि बलात्कार पीडितको पहिचान खुलाउन प्रयास गर्नेहरूलाई पक्राउ गरिने छ ।

कतिपय नेपालीहरूले विदेशमै बसेर गौशाला २६ भन्दै पहिचान खुलाउने प्रयास गरिरहेका छन्।

prabhu bank Add