
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा गरेको जलपानमा पुगेका ओलीले पत्रकारहरूसँगको कुराकानीमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउनु राम्रो भएको बताए।
‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ, यो राम्रो काम गर्नुभएको छ,’ अध्यक्ष ओलीले भने।
नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा उनले राप्रपालाई धन्यवाद पनि दिएका छन्।